रेखा पात्रासित प्रधानमन्त्री मोदीले फोनमा गरे कुराकानी

photocollage_202432622323896.jpg

कोलकाता: सन्देशखाली घटनाकी पीडित रेखा पात्रालाई भाजपाले बसिरहाटबाट उम्मेदवार बनाएको छ। आज मङ्गलबार प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई फोन गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। प्रधानमन्त्री मोदीले रेखासँग फोनमा कुरा गर्दा उनले स्थानीय तहमा आफ्नो चुनावी अभियान कस्तो चलिरहेको छ भनेर सोधे। प्रधानमन्त्रीले उनलाई शक्ति स्वरूपा भनेका छन्। रेखा पात्राले सन्देशखालीका महिलाले भोग्नुपरेको समस्याको विवरण दिएकी छन्।आइतबार भाजपाले बंगालमा १९ जना उम्मेदवारहरूको दोस्रो सूची घोषणा गर्यो। यसमा सबैभन्दा अचम्मको नाम बसिरहटबाट उम्मेदवारको हो। यहाँबाट भाजपाले रेखा पात्रालाई उम्मेदवार बनाएको छ। उम्मेदवार घोषित भएपछि रेखा पात्राले प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद जनाइन्। ‘म जस्तै गाउँले महिलालाई उम्मेदवार बनाएका छन्। सन्देशखाली-बसिरहट जिल्लाका आमा दिदीबहिनीहरूको पक्षमा म सधैं उभिनेछु’, उनले भनिन्। समाचार अनुसार रेखा सन्देशखालीकी पीडितमध्येकी एक हुन्। रेखा पात्र पात्रा पनि गत मार्च ६ मा बारासातमा भएको जनसभाको छेउमा प्रधानमन्त्री मोदीलाई भेटेर सन्देशखालीका महिलाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउने समूहमा रहेको विश्वास गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement