सोरेङ जिल्लामा चार उम्मेदवारले बुझाए नामाङ्कन पत्र

n59494407417114692722407edbc5a8b7731f67e706c21645195501ffd10b7417f1dfb92e6ff753d36e0269.jpg

साेरेङ: आगामी विधानसभा चुनाउको निम्ति आज सोरेङ जिल्लामा चार उम्मेदवारले आफ्नो नामाङ्कन पत्र बुझाए। नामाङ्कन बुझाउने उम्मेदवारहरूमा एसकेएम अध्यक्ष प्रेमसिंह तामाङ पनि सामेल रहेका छन्।

मुख्यमन्त्री प्रेमसिंह तामाङ र निर्वतमान विधायक आदित्य गोलेले सोरेङ च्याखुङ निर्वाचन क्षेत्रको निम्ति एसकेएम पार्टीको उम्मेदवारका रूपमा नामाङ्कन बुझाए। यसैगरी, दरामदिन निर्वाचन क्षेत्रको निम्ति सिटिजन एक्सन पार्टी उम्मेदवार पेम दोर्जी शेर्पाले नामाङ्कन बुझाए। यसरी नै सिटिजन एक्सन पार्टीका उम्मेदवार कौशल लोहागणले सालघारी जूम निर्वाचन क्षेत्रको निम्ति नामाङ्कन दर्ता गराए।

उल्लेखनीय छ, भोलि नामाङ्क पत्र बुझाउने अन्तिम दिन हो। २८ मार्चका दिन नामाङ्कन पत्र जॉंच हुनेछ भने ३० मार्चसम्म उम्मेदवारहरूले आफ्नो नामाङ्कन पत्र फिर्ता लिन सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement