एसकेएम पार्टीका मुख्य समन्वयक सोनम लामाले नामाङकन पत्र भरे

IMG-20240326-WA0268.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको संघ सीटका उम्मेदवार एवं एसकेएमका मुख्य समंवयक सोनम लामाले आज गान्तोक जिल्ला प्रशासन केन्द्रमा आफ्नो नामंकन दर्ता गरे। दलबल सहित नाराको गंगनचुम्बी ध्वनीसँगै उनी प्रशासन केन्द्रमा उपस्थित बनेर आफ्नो नामाकङन गरे। पार्टी अध्यक्ष प्रेमसिंह तामाङपछि एसकेएम पार्टीबाट नामाङकन दर्ता गर्ने उनी दोस्रो प्रार्थी हुन्। नामाङकन दर्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै लामाले आफूले विश्वास गरेर तेस्रोपल्ट उम्मेदवारको रुपमा खड़ा गरेकोमा उनले आभार व्यक्त गर्दा धन्यवाद दिए। पाँचवर्षसम्म आफूले सिक्किमको लामाहरूको निम्ति राम्रो कार्य गरेको कारणले नै आफूलाई फेरि पार्टीले विश्वास गरेर उम्मेदवार खड़ा गरेको उनले विश्वास व्यक्त गरे। सिक्किमका सम्पूर्ण लामाहरूले फेरि पनि आफूलाई पूर्णरुपमा विजयी बनाउने कुराको पनि उनले पुष्टि गरे। विजयी बनेर सम्पूर्ण सिक्किमेको हितमा अर्को स्तरमा उठेर कार्य गर्ने पनि उनले विचार व्यक्त गरे।

पार्टीले उम्मेदवारहरूको नाम घोषणा गर्नसाथै कार्यकर्ताहरूमा देखिएको मनमुटावलाई सम्बोधन गर्दै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्षले धेरै सोँच विचार गरेर, समीकरण मिलाएर पार्टीको टिकट वितरण गरेको बताए। पार्टीमा शुरुआती कालदेखि दुःख गरेर खटिने कार्यकर्ताहरूलाई देस्रोपल्ट सरकार गठन गरेपछि इज्जत दिएर राख्ने विश्वास व्यक्त गरे। यो समय सम्पूर्ण मनमुटावलाई पर सारेर दोस्रोपल्ट सरकार गठन गराउने उद्देश्यसहित काम गर्नुपर्ने परामर्ष दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *