गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो हिन्दु समुदायको महान पर्व होली बोझोघारीमा सञ्चालित वाल हेरचाह संस्थानमा मनाए। यस अवसरमा उनले उक्त संस्थानमा रहेका नानीहरूसँग आफ्न महत्वपूर्ण समय बिताउँदै होली मनाए। उक्त अवसरमा राज्यपालले त्यहाँ आश्रित रहेका नानीहरूलाई विभिन्न प्रकारको उपहार, खेलकूद सामग्री, मीठाई आदि प्रदान गर्दै बालबालिकाहरूसँग अनतक्रिया पनि गरे। कार्यक्रममा नानीहरूले राम्रो नृत्य गर्दै होली पर्वलाई अझ उत्साहित बनाए। महिला एवम वाल विकास विभाग उक्त संस्थानलाई सबै प्रकारको सहयोग गर्न प्रतिवद्ध रहेको छ। कार्यक्रममा महिला एवम वाल विकास विभागकी सचिव नोर्मित लेप्चा, अतिरिक्त सचिव टाशी छोडेन छोडेन लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।