चुनाउबारे जागरूकता गराउन बाइक ऱ्याली आयोजित

IMG-20240326-WA0269.jpg

गान्तोक: गेजिङ जिल्ला प्रशासन र कञ्चनजङ्घा मोटरसाइकल क्लबको संयुक्त पहलमा हिजो एसभीईईपीको गतिविधिबारे सचेत गराउने उद्देश्यले बाइक ऱ्याली आयोजना गरियो। यस ऱ्यालीमा गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमार सहित कूल ३५ जना राइडर्सले सहभागिता जनाएका थिए।

गेजिङ जिल्लाका महकुमा अधिकारी एनबी विश्वकर्माले राइडर्सहरूलाई पारम्पारिक खदा लगाएर झण्डा हल्लाउँदै प्रस्थान गराए। उक्त ऱ्याली गेजिङ बजारबाट शुरू भएको थियो।

आफ्नो छोटो सम्बोधनमा केएमसी योक्समका अध्यक्ष सोनाम जिग्मीले यस ऱ्याली आयोजना गरिनुको मुख्य उद्देश्य आगामी दिनमा सम्पन्न हुने चुनाउमा सक्रियरूपमा सहभागिता जनाउन साथै युवाहरूलाई स्वास्थ्य जीवनशैलीतर्फ प्रेरित गर्नु रहेको बताए। यस ऱ्यालीको नेतृत्व साथै निरीक्षण पनि भोटिया स्वयंले गरेका थिए।

यो ऱ्याली गेजिङ बजारबाट शुरू हुँदै बोङतेन वरिष्ठ माध्यमिक विद्यालय हुँदै पेलिङ, दरापथाङ निम्न माध्यमिक विद्यालयको परिक्रमा गर्दै रिम्बी पुगेर समापन भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *