पिपल्स अर्गनाइजेशनद्वारा आगामी लाेक सभा चुनाव बिषय समीक्षा सभा सम्पन्न

1000579021.jpg

दार्जीलिङ: आज घूम जाेरबङ्लाे पिपल्स अर्गनाइजेशन दशजनाकाे कार्यकारिणी मण्डलद्वारा आगामी २६ अप्रेलमा सम्पन्न हुने दाेस्राे चरणमा दार्जीलिङ पहाडमा सम्पन्न हुने अठारौं लाेकसभा चुनाव विषयमा समीक्षा सभा सम्पन्न भएको छ। सभा विषयमा फोरमको सभापति सांगे डुक्पाले लोकसभा चुनाव विषयमा जानकारी गराएका छन्। आगामी चुनावमा सबै मतदातालाई अर्गनाइजेशनद्वारा महान चाढकाे रूपमा खुशीयाली साथमा मतदान गरिदिने आह्वान गरेका छन्। जति पनि चुनावी मैदानमा उत्रिएका सदस्यहरूलाई अर्गनाइजेशनद्वारा शुभकामना दिएका छन्। विशेष पहाडकाे आम जनताले भाेग्न परिरहेको पर्यटन माैसमकाे समय दैनिक गाडी जाम, लाेकल रेल समस्या, पिउने पानीको समस्या, आम जनतालाई बजारमा हिड्ने फुट फ्लाई ओभर नभएको, २०२३ काे ४ अक्टोबर कालेबुङ जिल्लामा आएको टिस्टा बाढीलाई आपदा घाेषणा गर्ने माग, राज्य विश्वविद्यालय, राम्रो अस्पताल अनि राेजगारकाे सही व्यवस्था आदि विषय घाेषणा पत्रमा हालिदिने अर्गनाइजेशनका महासचिव ठेण्डुप वाङदीले अनुराेध गरेका छन्। यसबाहेक केन्द्रीय आर्म पुलिसमा अन्य १३ वटा भाषा सरह नेपाली भाषीले पनि आफ्नो भाषामा परीक्षा लेख्नु पाउने नियम राखिदिने माग आउने नयाँ सांसदले गरेको हुनुपर्छ भनी मांग गरेका छन्।
आजकाे चुनावी समीक्षा सभामा सभापति सांगे डुक्पा, महासचिव ठेण्डुप वाङदी, उप सभापति जयकुमार थामी, सह सचिव पीबी राई, सल्लाहकारहरू शिवा छेत्री, पी छिरीङ, प्रदीप राई, लाक्पा, काेमल हाङ सुब्बा आदिकाे उपस्थिति रहेको थियाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement