“थोपिएकाेलाई होइन रोजेको सत्तासीन पार्टीको उम्मेदवारलाई जिताएर इतिहास रच्ने मौका हो यसपालीको चुनाव: अनित थापा

IMG-20240326-WA0107.jpg

खरसाङ: थोपिएकाेलाई होइन रोजेको उम्मेदवारलाई जिताएर इतिहास रच्ने मौका हो यसपालीको चुनाव भनी जीटीए प्रमुख एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आज बताएका छन्। उनले खरसाङ महकुमा अन्तर्गत सिटोङ लाटपञ्जारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका छन्। अनित थापाले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘यसपालीको भोट हाम्रो निम्ति चुनौतीको भोट हो। धेरै वर्षबाद पहाडको सत्तासीन पार्टीले जित्ने मौका छ। यसपाली पहाडले जितेको हुनुपर्छ।यसपालीको जीत पहाडको जीत हुनुपर्छ। यसपाली हामीले इतिहास रच्नु नै पर्छ। पहाडले एकताको परिचय दिने समय आएको छ। मेरो उपलब्धि हेरेर तपाईहरुले भोट दिनुहोस। कसैको आश्वासनमाथि विश्वास गरेर होइन।
उनले अघि भने, “म भोट माग्नु घर घर आउँदिन। मैले काम गरेको छु। मेरो कामको मूल्याङ्कन गरेर भोट हाल्नु होस। जीटीए चुनाव, पञ्चायत चुनावमा तपाईहरुले एकमत भएर मलाई भोट दिनु भयो। यसपाली पनि मैले तपाईहरूलाई भोट हालिदिनुस् भनेर भनी रहनु पर्दैन। तपाईहरू सबै गोपाल लामा हुनुहुन्छ। गाउँ घरलाई बताउने काम अब तपाईको।”
गोपाल लामालाई किन भोट हाल्नु भन्दै थापाले भने, “गोपाल लामा त्यसै उम्मेदवार बन्नु भएको होइन। उहाँ पहाडको निम्ति मोडल हुनुहुन्छ। एउटा विपन्न परिवारमा जन्मनु भएर उहाँ जिल्लाको प्रशासकसम्म हुनुभयो। उहाँ अहिले सामाजिक सेवामा लाग्नु भएको व्यक्ति हुनुहुन्छ। गोपाल लामालाई भागोप्रमो पार्टीले पाउनु हाम्रो ठूलो उपलब्धि मान्छौं। चुनावमा जित्नुभन्दा पनि ठूलो गोपाल लामा जस्तो सक्षम अभिभावक पाउनु हाम्रो निम्ति जीतभन्दा सानो केही होइन।”

भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले अझ भने, ‘मलाई विपक्षीले के गरेन भनेर मेरो केही भन्नु छैन तर हाम्रो पहाडको निम्ति के भिजन छ? त्यो भिजन बताएर म भोट माग्दैछु।’ उनले यसपालीको भोट विकासको निम्ति र क्षेत्रीयताको निम्ति हो भन्दै भने, “यो पाली थोपिएको होइन रोजेको क्षेत्रीय उम्मेदवारलाई भोट हाल्नु पाउँदैछौ। यहाँको विकास, रोजगार, सिन्कोना बगानको निम्ति भोट हाल्नुहोस। यहाँको पर्यटनको निम्ति गोपाल लामाको निम्ति भोट मागी दिनुहोस।”
चुनावी सभामा प्रार्थी गोपाल लामाले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement