सिक्किमका मुख्यमन्त्रीद्वारा सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दर्ता

3625316-89-1.jpg

गान्तोक: वर्ष १९९४ देखि लगातार ६ पटकसम्म सिक्किम विधानसभाको सदस्य बनिसकेका पीएस गोलेले आफ्नो जन्मथलो साथै गृह समष्टि सोरेङ-च्याखुङबाट प्रथम चोटि चुनाउ लड्दैछन्।  अर्कोतिर उनले भोलि रिनाक समष्टिबाट पनि नामाङ्कन दर्ता गर्ने भएका छन्। १९९४ देखि सिक्किम विधानसभा चुनाउमा लगातार ६ पल्ट निर्वाचित बनेर सिक्किम विधानसभामा पुगेका पीएस गोलेले सातौं पटक चुनाउ लड्दैछन्। उनले १९९४, १९९९ र २००४-मा एसडीएफ पार्टीको टिकटमा तत्कालीन च्याखुङ समष्टिबाट विजयी हासिल गरि तीनपटक च्याखुङलाई सिक्किम विधानसभामा प्रतिनिधित्व गरे। २००९-मा उनी अप्पर बुर्तुक समष्टिबाट एसडीएफ विधायक बने। त्यसपछि एसडीएफ अध्यक्ष पवन चामलिङ र उनको सम्बन्धमा अमिलोपन आएपछि पार्टीबाट बिद्रोह गरि २०१३-मा एसकेएम पार्टी गठन गरे। एसकेएम अध्यक्ष गोलेले २०१४-को विधानसभा चुनाउ पार्टीको चिन्हमा फेरि अप्पर बुर्तुकबाट लडेर विधायक निर्वाचित बने। २०१९-को चुनाउमा एसकेएम सत्तामा आयो। पार्टी अध्यक्ष गोले उप-चुनाउमा पोक्लोक कामराङबाट निर्वाचित बनेर विधायक बने।

६ पटकसम्म सिक्किम विधानसभाको सदस्य बनिसकेका पीएस गोलेले आफ्नो जन्मथलो साथै गृह समष्टि सोरेङ-च्याखुङबाट प्रथम पल्ट चुनाउ लड्दैछन्। अर्कोतिर उनले भोलि रिनाक समष्टिबाट पनि पाकिममा नामाङ्कन दर्ता गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement