धनलक्ष्मीमाथि ३ सालको प्रतिबन्ध

IMG-20220803-WA0112.jpg

३ अगस्तः भारतकी शीर्ष महिला एथलीटहरूमा एक सेकर धनलक्ष्मीमाथि प्रतियोगिता अघि डोपिंग जाँचमा पोजिटिभ पाइएपछि एथलेटिक्स इण्टिग्रिटी एकाई (एआईयू)-ले तीन सालको निम्ति प्रतिबन्ध लगायो। धनलक्ष्मीकी नमूना दुई मईको दिन तुर्कीको अन्ताल्यामा लिइएको थियो। उनी त्यहाँ तुर्कीकी अन्य एक खेलाड़ीसँग अभ्यास गरिरहेकी थिइन्। उनको नमूनामा मेण्टाण्डियनोन (एनाबलिक एण्ड्रोजेनिक स्टेरोयड) पाइएको छ, जुन विश्व डोपिंग रोधी एजेन्सी (वाडा)-द्वारा प्रतिबन्धित पदार्थहरूका सूचीमा सामेल छ। उनको परीक्षण स्विट्जरल्याण्डको लुसानेमा वाडाद्वारा मान्यताप्राप्त प्रयोगशालामा गरिएको थियो।
यस्तो मामिलाहरूमा प्रतिबन्धको अवधि चार वर्षको हुन्छ तर धनलक्ष्मीले डोपिंगको अपराध र शास्ती स्वीकार गरेकी हुनाले प्रतिबन्धको अवधिलाई घटाएर तीन साल गरिएको छ। तमिलनाडुकी यस २४ वर्षीय एथलीटमाथि ११ जुलाईदेखि तीन सालको प्रतिबन्ध शुरु भएको छ। यसको साथमा १ मई २०२२-सम्म उनका समस्त परिणामहरूलाई पनि खारेज गरिएको छ। एआईयू-द्वारा जारी बयानमा भनिएको छ, यस एथलीटले १९ जुलाईमा डोपिंग रोधी नियमको उल्लंघनको स्वीकार गर्दै स्वीकृति फर्ममा हस्ताक्षर गरेकी हुनाले शास्तीको अवधिमा एक सालको कटौती गरिएको छ। वाडा र भारतको राष्ट्रिय डोपिंग रोधी एजेन्सी (नाडा)-ले एआईयू-को शास्ती कम्ती गर्ने फसेला विरुद्ध लुसाने स्थित खेल पञ्चाटमा अपील गर्न सक्छ।

About Author

Advertisement