गेजिङ जिल्ला अन्तर्गत दुई निर्वाचन क्षेत्रका लागि तीन उम्मेदवारले दर्ता गराए आफ्नो नामाङ्कन

n59492944017114628531222b96a526baea49078be9ca935edf594ef5ea95802c67e1ec46d29eb1facc4a46.jpg

गेजिङ: गेजिङ जिल्ला अन्तर्गत दुई निर्वाचन क्षेत्रका लागि आज तीन उम्मेदवारले आफ्नो नामाङ्कन दर्ता गराएका छन्। नामाङ्कन बुझाउनेहरूमा भाजपाका एक र दुई स्वतन्त्र उम्मेदवार रहेका छन्।

भाजपा नेता नरेन्द्र कुमार सुब्बाले मानेबुङ देन्ताम निर्वाचन क्षेत्रका लागि आफ्नो नामाङ्कन बुझाएका छन्। यसरी नै दिपेन्द्र गुरूङले सोही निर्वाचन क्षेत्रका लागि एक स्वतन्त्र उम्मेदवारको रूपमा नामाङ्कन बुझाएका छन्।

यस अतिरिक्त, खुशेन्द्र प्रसाद शर्माले गेजिङ बर्मेक निर्वाचन क्षेत्रका लागि एक स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो नामाङ्कन दर्ता गराएका छन्। उम्मेदवारहरूले जिल्ला चुनाउ अधिकारी एम. भारणी कुमारलाई आफ्नो नामाङ्कन बुझाए।

उल्लेखनीय छ, भोलि (बुधवार) नामाङ्कन बुझाउने अन्तिम दिन हो। नामाङ्कन पत्र जाचॅं २८ मार्चमा हुनेछ भने उम्मेदवारहरूले ३० मार्चमा नामाङ्कन फिर्ता लिन सक्ने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement