पानीघट्टा र सिलगढीमाझ फ्रेण्डली क्रिकेट म्याच सम्पन्न

IMG-20240326-WA0153.jpg

पानीघट्टा: मिरिक महकुमा अन्तर्गत पानीघट्टामा सेवाकाई गरिहेका इसाई पास्टरहरूमाझ फ्रेण्डली क्रिकेट म्याच सम्पन्न भएको छ। उक्त फ्रेण्डली क्रिकेट म्याच सिलगढीका पास्टर समूह र पानीघट्टामाझ सम्पन्न भएको छ। उक्त क्रिकेट म्याच अघि पानीघट्टाको पास्टर बिजय सुब्बाद्वारा प्रार्थना गरिएको थियो। उक्त फ्रेण्डली क्रिकेट म्याच दुईवटा खोलिएको थियो। पहिलो खेलमा पास्टर सागर खवास र राज विश्वको नेतृत्वमा रहेको सिलगढीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा सबै ८ विकेट गुमाएर ९५ रन बनाएका थिए। सिलगढीको पक्षमा राज विश्वले सर्वाधिक रन बनाएका थिए भने पानीघट्टाको पक्षमा पास्टर थोमस लेप्चाले ५ विकेट लिएका थिए। ९६ रनको लक्ष्यलाई खेदो गर्दै पानीघट्टाले सा विकेट गुमाएर केवल ८९ रन बनाएका थिए। पानीघट्टाको पक्षमा निशान सेञ्चुरीले सर्वाधिक ३४ रन बनाएका थिए भने सिलगढीको पक्षमा राज विश्व र पास्टर सागर खवासले ४-४ विकेट लिएका थिए। बलिङमा ४ विकेट र ओपनिङ ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने राज विश्व म्यान अफ् द म्याच चयन भएका छन्। त्यसरी नै अर्को खेलमा पनि सिलगढीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ७ विकेटमा ९८ रन बनाएका थिए। ९९ रनको लक्ष्यलाई खेदो गर्दै पानीघट्टाले ८ विकेट गुमाएर केवल ७९ रन मात्र बनाउन सकेको थियो। दुवै म्याच सिलगढीले जित्न सफल भएको छ। यस फ्रेण्डली क्रिकेट म्याच विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पानीघट्टाको पास्टर बिजय सुब्बाले सेवकाई गरिरहेका इसाई पोस्टरहरूमाझ दुईवटा फ्रेण्डली क्रिकेट म्याच आयोजना गरिएको बताए। उनले लगातार सेवाकाईमा संलग्न सेवकहरूका लागि रिफ्रेसमेन्टक रूपमा आज पानीघट्टामा फेण्ड्रली क्रिकेट म्याच आयोजना गरिएको र अब यस्ता फ्रेण्डली क्रिकेट म्याच महिनामा एकपल्ट आयोजना गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement