सिलगढी: यसपालीको लोकसभा चुनावमा दार्जीलिङ लोकसभा आसनको लागि भारतीय जनता पार्टीले पुन: एकपल्ट राजु विष्टलाई नै टिकट दिएपछि आज राजु विष्ट अनि गोरामुमो अध्यक्ष मन घिसिङ बागडोगरा एयरपोर्ट आइपुगेपछि उनका समर्थकहरूले भव्य रूपमा स्वागत जनाएका छन्। उनी बाघडोगरा हवाई अड्डामा ओर्लेपछि भारतीय जनता पार्टी र गोरामुमो समर्थकहरूले भव्य रूपमा स्वागत जनाएका थिए। पनि दोस्रोपल्ट दार्जीलिङ संसदीय सिटको लागि भारतीय जनता पार्टीले टिकट दिएपछि दिल्लीबाट प्रथमपल्ट आईपुग्दा भाजपा कार्यकर्ताहरु र गोरामुमो समर्थकहरूले उत्साहपूर्णक स्वागत जनाएका थिए। उनी हवाई अड्डाबाट विस्कन्दा पहाड़बाट गएका समर्थकहरूले खुशीसाथ स्वागत जनाएका थिए। यसै क्रममा भाजपा उम्मेदवार राजु विष्टले पत्रकारहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डा लगायत पश्चिम बंगालका सम्पूर्ण भाजपा नेतृत्वहरूप्रति कृतज्ञता प्रकट गरे। उनले दार्जीलिङ अनि सिलगुढीका सबै जनताहरू आफ्नो परिवार रहेको बताउँदै अबको पाँच वर्षभित्रमा पहाड़वासीहरूको स्थायी राजनैतिक समाधान अनि ११ जनजातिको मुद्दा पार लाग्ने बताए। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नै गोर्खाहरूको समस्याको समाधान हुने बताउदैँ गोर्खाहरूको समस्या समाधान धेरै नजिक रहेको अनि यस विषय भाजपा अनि केन्द्र सरकार गम्भीर रहेको बताए।









