मल्ली निर्वाचन क्षेत्रको निम्ति दुई उम्मेदवारकाे नामाङ्कन दर्ता

n594912382171146005746650f35613985591a81eba572a78d6d67f57dd203f136d58942e6cf4e2136a6363.jpg

नाम्ची: आगामी विधानसभा र लोकसभा चुनाउको निम्ति नामाङ्कन पत्र बुझाउने भोलि अन्तिम दिन हुनले उम्मेदवारहरूले आज देखि  भटाभट नामाङ्कन बुझाउन शुरू गरेका छन्। नाम्ची जिल्ला अन्तर्गत मल्ली निर्वाचन क्षेत्रको निम्ति आज दुई उम्मेदवारले आफ्नो नामाङ्कन दर्ता गराएका छन्।

सिटिजन एक्सन पार्टी सिक्किमका मुख्यमन्त्री उम्मेदवार गणेश कुमार राईले नाम्चीस्थित जिल्ला प्रशासनिक केन्द्रमा आफ्नो नामाङ्कन दर्ता गरे। उनी मल्ली निर्वाचन क्षेत्र र छुजाचेन निर्वाचन क्षेत्रबाट चुनाउ लडिरहेका छन्। उनले आज मल्ली निर्वाचन क्षेत्रका लागि आफ्नो नामाङ्कन बुझाए।

यसैगरी, रुपेन कार्कीले पनि आज मल्ली निर्वाचन क्षेत्रका लागि आफ्नो नामाङ्कन पत्र बुझाएका छन्। सिक्किम प्रोग्रेसिभ युथ फोरमको मञ्चबाट जनसाधारणले झेल्दै आएका विभिन्न समस्याहरू उठाउॅंदै आएका कार्कीले एक स्वतन्त्र उम्मेदवारको रूपमा नामाङ्कन बुझाएका हुन्।

उनी दुवैले जिल्ला चुनाउ अधिकारी अन्नपूर्ण आलेकहॉं आफ्नो नामाङ्कन बुझाए। नाम्ची जिल्ला अन्तर्गत आज केवल दुई नामाङ्कन दर्ता भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement