पूजा शर्मा भाजपा मा सामेल

n594912384171145999268269346c94ff2fade5342455ea2e01b7552dde88b6b740a10ac7faae9da56620c1.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीकी नारी नेतृ एवं सिक्किम फिल्म प्रमोशन बोर्डकी पूर्व चेयरपर्सन पूजा शर्मा भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएकी छन्। एसकेएम नेतृ पूजा शर्माले आज मात्र पार्टीबाट राजीनामा दिएकी थिइन्।

उनी आज भाजपाका सिक्किम प्रभारी डा. दिलीप जैसवाल, प्रदेश अध्यक्ष डीआर थापा, सल्लाहकार कर्म पी. भोटिया र भाजपा महिला मोर्चा महासचिव सृजना छेत्रीको उपस्थितिमा भाजपामा सामेल भएको भाजपा सिक्किमले आफ्नो फेसबुक पेजमा जानकारी गराएको छ।

उल्लेखनीय छ, एसकेएम पार्टीका संस्थापक सदस्य जनक गुरूङ पार्टी त्यागेर हिजो मात्र भाजपामा सामेल भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement