नयाँ दिल्ली: दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा मंगलवार प्रधानमन्त्री आवासको घेराउ गर्न गइऱहेका आम आदमी पार्टी (आप) का धेरै कार्यकर्ताहरूलाई पुलिसले हिरासतमा लिएकाे छ। दिल्ली पुलिसले अगावै कसैलाई पनि प्रदर्शनको अनुमति दिइनेछैन, न त कुनै प्रकारको पनि मार्च गर्ने दिइनेछ चेताउनी दिएको थियो। पटेल चौकमा सुरक्षा बढ़ाइएको छ।
दिल्ली यातायात पुलिसका एक अधिकारी अनुसार, प्रदर्शनको कारण नयाँ दिल्ली र मध्य दिल्लीका क्षेत्रहरूमा आवाजाही प्रभावित हुनसक्छ। दिल्ली पुलिसका अधिकारी अनुसार, सुरक्षाको ठोस व्यवस्था गरिएको छ। हामीले क्षेत्रमा कानून एवं व्यवस्था बनाइ राख्न धेरै स्टरको सुरक्षा व्यवस्था गरेका छौं।
पुलिसले भन्यो, प्रधानमन्त्री आवास वरिपरि (दण्ड प्रक्रिया संहिताको) धारा १४४ पहिलेदेखि लागू छ र कसैलाई पनि प्रदर्शनको अनुमति दिइनेछैन। दिल्ली सरकारमा मन्त्री गोपाल रायले केजरीवालको गिरफ्तारी विरूद्ध मंगलवार प्रधानमन्त्री आवासको घेराउ गरिने घोषणा गरेका थिए। ईडीले आबकारी नीतिसित सम्बन्धित धनशोधनसित जोड़िएको मामिलामा २१ मार्चमा केजरीवाललाई पक्राउ गरेको थियो। उनी बिहिवारसम्म एजेन्सीको हिरासतमा छन्। केन्द्रिय एजेन्सीले आआपका राष्ट्रिय संयोजकमाथि मदिरा व्यापारीहरूलाई लाभ दिनका लागि उनीहरूबाट घूस मागेको आरोप लगाएको छ।
दिल्ली पुलिसले आपका कार्यकर्ताहरूलाई धारा १४४ लागू रहेको लगातार चेताउनी दिइरहेछ। पञ्जाबका शिक्षा मन्त्री हरजोत सिंह बैन्स समेत आआपका धेरै नेताहरूलाई पनि दिल्ली पुलिसले हिरासतमा लिएको छ।









