इस्लामावाद: उत्तरपश्चिम पाकिस्तानमा मंगलबार भएको आत्मघाती हमलामा पाँच चिनियाँ नागरिकको मृत्यु भएको छ। यो हमला चिनियाँ नागरिकको लस्करमा भएको समाचार छ। अन्तर्राष्ट्रिय संचारमाध्यमको समाचार अनुसार क्षेत्रीय पुलिस प्रमुख मोहम्मद अली गन्डापुरले भने कि आक्रमणकारीले चिनियाँ इन्जिनियरहरूको काफिलेलाई विस्फोटक पदार्थले भरिएको गाडीसँग ठोक्कियो। लस्कर इस्लामावादबाट खैबर पख्तुनख्वा प्रान्तको दासुमा रहेको आफ्नो शिविर जाँदै थियो। आक्रमणमा पाँच चिनियाँ नागरिक र उनका पाकिस्तानी चालक मारिएको गण्डापुरले पुष्टि गरेको छ। दासु प्रमुख बाँधस्थल हो र यस क्षेत्रमा यसअघि पनि आक्रमण भइसकेको छ। गण्डपुरका अनुसार काफिमा रहेका अन्य यात्रु सकुशल छन्। ‘चीन–पाकिस्तान इकोनोमिक करिडोर’ अन्तर्गत पाकिस्तानमा धेरै परियोजनाहरू निर्माण भइरहेका छन्। यी आयोजनाका लागि चीनले पाकिस्तानलाई ऋण दिएको छ। तर यी आयोजनामा काम गर्न चीनबाट कर्मचारी आएका छन्। उनीहरुमाथि यसअघि पनि पाकिस्तानमा आक्रमण भइसकेको छ। सन् २०२२ मा कराँची विश्वविद्यालय नजिक चिनियाँ नागरिकलाई पनि निशाना बनाइएको थियो।दासु पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हिस्सा हो। यहाँ धेरै वर्षदेखि जलविद्युत परियोजनाको काम भइरहेको छ। यो लामो समयदेखि आतंककारीको निशानामा रहेको छ। २०२१ मा पनि यहाँ आक्रमण भएको थियो, जसमा ९ चिनियाँ नागरिक र एक बालबालिकाको मृत्यु भएको थियो। दुर्घटना हुँदा चिनियाँ नागरिक बसमा बसिरहेका थिए। शुरुमा आक्रमणको बारेमा अन्योल थियो। पहिला यो बस दुर्घटना भएको अनुमान गरिएको थियो तर पछि अनुसन्धानले आतंकवादी हमला भएको खुलासा भएको थियो जसका कारण बस खाल्डोमा खसेको थियो। पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले मंगलबार भएको आतंकवादी हमलाको निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका छन्। एक विज्ञप्तिमा उनले चिनियाँ नागरिकका परिवार र चीन सरकारप्रति समवेदना व्यक्त गरे। यसमा उनले पाकिस्तान विरोधी शक्तिहरु पाकिस्तान–चीन मित्रतालाई बिगार्न सफल नहुने बताएका छन्।









