गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले मंगलवार बिहान आगामी विधानसभा चुनाउको निम्ति १३ जना उम्मेदवारहरूको नाम घोषणा गरेको छ। क्यापका मुख्यमन्त्री उम्मेदवार गणेश कुमार राई दुईवटा निर्वाचन क्षेत्रबाट चुनाउ लडिरहेका छन्।
उम्मेदवरहरूको सूचीमा क्याप सिक्किमका दुई वरिष्ठ नेता एलपी काफ्ले र डीबी चौहानको नाम छैन।
उम्मेदवारहरूको सूची यस प्रकार छन्ः
१. मल्ली- गणेश कुमार राई
२. गेजिङ बर्मेक- पुजन खडका
३. मानेबुङ देन्ताम- प्रकाश पराजुली
४. रिन्छेनपोङ- दावा ओङ्गदी लेप्चा
५. बर्फुङ- सोनाम डाडुल भोटिया
६. पोकलोक कामराङ- सन्जु राई
७. तिमी नामफिङ- बिकाश शर्मा
८. राङगाङ याङगाङ- अनिल कुमार नेपाल
९. तुमिन लिंगी- पेमा ग्याल्पो भोटिया
१०. वेस्ट पाण्डाम- डा. मदन कुमार शिव शंकर
११. छुजाचेन- गणेश कुमार राई
१२. स्यारी- सोनाम छिरिङ लेप्चा
१३. मार्ताक रूम्तेक- कर्म छिरिङ भोटिया









