आमाको आशीर्वाद लिएर एसकेएम पार्टीका अध्यक्षले आज आफ्नो नामाङ्कन पत्र बुझाउने

n5948004581711446948311c6570b3b71e9a4076d99c06f7d165bd9e152626e17f4968797256c7a0464ced6.jpg

गान्तोक: सिक्किमका कार्यवाहक मुख्यमन्त्री एवं सत्तारूढ़ एसकेएम पार्टीका अध्यक्ष प्रेमसिंह तामाङले आज आफ्नो नामाङ्कन पत्र बुझाउने छन्। यस क्रममा उनी आज बिहान सोरेङ पुगेका छन्।

नामाङ्कन पत्र बुझाउन अघि तामाङ बिहान सिङलिङस्थित आफ्नो निवास पुगेर आमाको आशीर्वाद लिए। उनले उक्त जानकारी आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्। आमाको उपस्थितिले आफुलाई सदैव धेरै खुशी र शान्ति मिल्छ भन्दै उनले आमाको सुस्वास्थ्यको निम्ति कामना पनि गरेका छन्।

उल्लेखनीय छ, एसकेएम अध्यक्ष प्रेमसिंह तामाङ सोरेङ च्याखुङ समष्टि र रिनाक समष्टिबाट चुनाउ लड्ने छन्। उनले आज सोरेङ च्याखुङको निम्ति आफ्नो नामाङ्कन पत्र बुझाउने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement