जित्ने म्याच हारेर निराश पञ्जाब किंग्सका कप्तान शिखर धवन

IMG-20240326-WA0101.jpg

बेंगलुरु: पञ्जाब किंग्सले चिन्नास्वामी स्टेडियममा खेलिएको रोमाञ्चक म्याचमा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी) विरुद्ध ४ विकेटले हारको सामना गर्नु पऱ्यो। जित्ने म्याच हारेपछि पञ्जाब किंग्सका कप्तान शिखर धवनलाई निराश देखियो। उनले भने, यो राम्रो म्याच थियो। हामी खेलमा फर्किसकेका थियौं तर अन्तमा पराजित भयौं। हामीले १०-१५ रन कम्ती बनायौं। पहिलो ६ ओभरमा मैले धीमा खेले। हामीलाई १०-१५ कम्ती रन र फुत्काएको क्याचहरूले पिरोल्यो। आरसीबी-का स्टार खेलाड़ी विराट कोहलीले बनाएको ७७ रनले धवनले म्याचको टर्निंग पोइण्ट बताए। धवनले भने, हामीले यस क्लास खेलाड़ीको शुरूमै क्याच फुत्कायौं। त्यो क्याच लिन सकेको भए हामीलाई गति प्राप्त हुने थियो। त्यहाँबाट हामीले गति गुमायौं अनि हामीले परिणाम भोग्नु पऱ्यो।
धवनले भने, हेर्दा राम्रो देखिए पनि पीच वास्तवमा ब्याटिंगको निम्ति सजिलो थिएन। केही बल रोकिएर ब्याटमा आउँदै थियो जबकि केही बल अत्याधिक बाउन्स भइरहेको थियो। यसको साथमा बल पनि घुमिरहेको थियो। बल ब्याटमा ७० प्रतिशत समय असल तरिकाले आए पनि अन्य समय रोकिएर आउँदै थियो। म आफ्नो रनसँग खुशी छु तर मैले पहिलो ६ ओभरमा अझ सामान्य तेजीको साथ खेल्नु पर्थ्यो। हामीले विकेट पनि गुमायौ। हामीले लगातार २ विकेट गुमायौ, जसले दबाउ सृष्टि भयो। स्पिनर हरप्रीत ब्रारले असाधारण बलिंग गरे। उनको प्रदर्शनले म खुशी छु।
म्याचको कुरा गर्दा पञ्जाब किंग्सले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनायो। कप्तान धवनले ३७ बल खेलेर ५ वटा चौका र एउटा छक्काको साथ सर्वाधिक ४५ रन बनाए। यसबाहेक विकेटकीपर जितेश शर्माले २७, प्रभसिमरन सिंहले २५, सेम करनले २३ र शशांक सिंहले अविजित २१ रन बनाए। यसरी टीमका कसैले पनि असल शुरुवातको फाइदा उठाउन सकेनन्। आरसीबी-का बलरहरूमा मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २-२ विकेट लिए। जवाफमा आरसीबी-बाट ओपनर विराट कोहलीले ११ वटा चौका र २ वटा छक्काको साथ ४९ बलमा ७७ रन बनाए पनि शीर्ष क्रममा उनलाई छोड़ेर कसैले उल्लेखनीय योगदान दिन सकेनन्। यसमा कप्तान फाफ डू प्लेसिस (३) र ग्लेन म्याक्सवेल (३) प्रमुख हुन्। अन्तमा अनुभवी दिनेश कार्तिकले दबाउमा पनि उत्कृष्ट ब्याटिंग गर्दै आरसीबी-लाई जीत दिलाए। आरसीबी-लाई अन्तिम २ ओभरमा २३ रनको आवश्यकता थियो अनि कार्तिकले विध्वंशी ब्याटिंग गर्दै टीमलाई जीत दिलाए। कार्तिकले १० बल खेलेर २ वटा छक्का र ३ वटा चौकाको साथ अविजित २८ रन बनाए। यसरी महिपाल लोमरोरले अविजित १७ रन बनाए। यसरी आरसीबी-ले १९.३ ओभरमा ६ विकेटमा १७८ रन बनाएर म्याच जित्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement