कोविड़ नेपाल: थप ९१५ जना कोरोनाले ग्रसित, ३०१ जना भए निको

IMG_20220324_152109.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ९१५ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैको मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ६,००२ जनाको कोरोना परीक्षण गरेकोमा ९१५ जनामा संक्रमण पुष्टि भएको छ। (३,०९१ जनाको आरटी-पीसीआर परीक्षणमा ५९० जना अनि २,९११ जनाको एन्टीजेन परीक्षणमा ३२५ जना गरी ९१५ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ३०१ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,४३३ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.२℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,३१,८५३ पुगेको छ भने ११,९६८ जनाको मृत्यु भएको छ। यसरी नै ९,७०,९२६ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०६,०७,२४७ रहेको छ।

About Author

Advertisement