आईपीएल २०२४-को सम्पूर्ण कार्यक्रम घोषित, चेन्नईमा फाइनल

IMG-20240326-WA0097.jpg

नयाँ दिल्ली: भारतमा क्रिकेटको उत्सव शुरु भइसकेको छ। इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-को शुरुवातसँगै भारतीय खेलप्रेमीहरूमा अलग जोश र उत्साह देखिएको छ। भारतीय क्रिकेट कण्ट्रोल (बीसीसीआई)-ले पहिला आईपीएलको ७ अप्रेलसम्मको कार्यक्रम घोषणा गरेको थियो। बोर्डले यसपाली आईपीएल २०२४-को सम्पूर्ण कार्यक्रम घोषणा गरेको छ। लोकसभा चुनाउ रहे पनि आईपीएलको सबै म्याचहरू भारतमै हुनेछ। टुर्नामेण्टका प्लेअफ् म्याचहरू अहमदाबाद र चेन्नईमा हुनेछ। पहिलो क्वालीफायर र एलिमिनेटर म्याच २१ र २२ मईको दिन अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। यसरी दोस्रो क्वालीफायर र फाइनल चेन्नईको एमए चिदाम्बरम (चेपक) स्टेडियममा २४ र २६ मईमा खेलिनेछ।
प्लेअफ्-को निम्ति अहमदाबाद र चेन्नईको चयन कुनै नयाँ कुरा होइन। गत वर्ष चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच फाइनल खेलिएको थियो। च्याम्पियन बन्ने टीमलाई नै फाइनल आयोजन गर्ने अधिकार प्राप्त हुन्छ, जहाँ सीजनको उद्घाटन म्याच पनि खेलिएको थियो। आईपीएल २०२४-को दोस्रो चरणको शुरुवात ८ अप्रेल (सोमवार)-को दिन चेन्नई सुपर किंग्स र कलकत्ता नाइट राइडर्सबीच म्याचको साथ हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement