तेन्जिङ लाम्टा एसडीएफमा सामेल

66017dd1518ae-sikkim-after-skm-ticket-snub-aspiring-candidate-tenzing-lamtha-joins-sdf-253615867-16x9.jpg

गान्तोक: आगामी लोकसभा र विधानसभा चुनाउको निम्ति राजनीतिक दलहरूद्वारा उम्मेदवारहरूको नाम घोषणा हुनुका साथै चुनाउ लड्न इच्छुक कार्यकर्ताहरूको नाम नआएपछि पार्टी त्याग्ने क्रम शुरू भएको छ।

एसकेएम पार्टीले आगामी लोकसभा र विधानसभा चुनाउहरूको निम्ति आफ्नो उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ। पार्टीको टिकट पाउने आशा सॉंचेर बसेका पार्टीका एक वरिष्ठ नेता तेन्जिङ लाम्टाको नाम सूचीमा नपरेपछि उनी लगायत उनका समर्थकहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

लाम्टा आफ्ना समर्थकहरूसॅंगै विपक्षी एसडीएफ पार्टीमा सामेल भएका छन्। टिकट घोषण भएपछि लाम्टा इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालय पुगेर एसडीएफ अध्यक्ष पवन चामलिङसॅंग भेट गरे।

अर्कोतिर, एसडीएफ पार्टीले तेन्जिङ लाम्टालाई स्यारी निर्वाचन क्षेत्रको निम्ति पार्टी उम्मेदवार घोषणा गरेको छ। लाम्टा आज एसडीएफ पार्टीमा सामेल भएको एक विज्ञप्तिमा जनाइएको छ भने उम्मेदवारहरूको दोस्रो सूची जारी गरेर एसडीएफले उनलाई स्यारी निर्वाचन क्षेत्रको निम्ति उम्मेदवार घोषणा गरेको छ।

यस अघि एसडीएफले उम्मेदवारहरूको पहिलो सूचीमा एक लोकसभा र २६ विधानसभा उम्मेदवारहरूको नाम घोषणा गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *