लाचुङ्गपा पार्टीद्वारा आज जारी गरिएको उम्मेदवारहरूको सूचीप्रति असन्तुष्ट

66012a44c9587-sikkim-krantikari-morcha-candidate-gyanden-lachungpa-has-decided-to-go-solo-following-announcement-o-253947705-16x9.jpg

गान्तोक: एसकेएम नेता ज्ञान्देन लाचुङ्गपाले पार्टीद्वारा आज जारी गरिएको उम्मेदवारहरूको सूचीप्रति असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उम्मेदवारको रूपमा नामाङ्कन भर्ने बताएका छन्।

उनले विशेष रूपमा लाचेन मंगन निर्वाचन क्षेत्रका उम्मेदवार साम्डुप लेप्चाको उम्मेद्वारिताप्रति असन्तोष प्रकट गरेका छन्।

एसकेएम पार्टीले आज एक लोकसभा र ३२ विधानसभा क्षेत्रका लागि उम्मेदवारहरूको नाम घोषणा गऱ्यो। टिकट घोषणा भएपछि टिकट नपाएका आकांक्षी उम्मेदवारहरूमा व्यापक असन्तुष्टि देखा परेको छ। टिकट पाउने आशामा बसेका ज्ञान्देन लाचुङ्गपा र उनका समर्थकहरूले साम्डुप लेप्चाको उम्मेद्वारितालाई पार्टीको गलत निर्णय समेत बताएका छन्।

आज आयोजित एक पत्रकार सम्मेलनमा लाचुङ्गपाले निवर्तमान विधायक साम्डुप लेप्चा क्षेत्रका साथै पार्टीकै निम्ति पनि उपयुक्त नरहेको ठहर गरे। उनले लेप्चाको व्यवहारका कारण लाचेन मंगनमा पार्टी कार्यकर्ताहरू निकै रूष्ट बनेर अन्य पार्टीहरूमा सामेल भइरहेको, तर आफुले अहिलेसम्म पार्टी सम्हालेर बसेको दाबी गरे।

उनले आफुलाई एक निश्चित रूपमा चुनाउ जित्ने उम्मेदवार दाबी गरे। उनले पार्टीतिर इशारा गर्दै भने, खेलाड़ीलाई बेन्चमा राखेर खेल खेल्न नजान्ने व्यक्तिलाई मैदानमा उतारेको छ। उनले भोलि नै एक स्वतन्त्रत उम्मेदवारको रूपमा नामाङ्कन बुझाउने जानकारी गराए। उनले पार्टीलाई नामाङ्कन फिर्ता गर्ने दिनसम्म पर्खेर बस्ने अल्टिमेटम पनि दिए।

उनले पार्टीलाई नामाङ्कन फिर्ता लिने दिनसम्म आफ्नो निर्णयमाथि विचार गर्न समय दिए। त्यसपछि, आफु पार्टी छोडेर भावी रणनीति तय गर्न बाध्य बन्ने उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *