दार्जीलिङ संसदीय सिटको लागि भाजपाले दोस्रोपल्ट विश्वास र भरोसा देखाएर टिकट दिएकोमा राजु विष्टद्वारा धन्यवाद

IMG-20240325-WA0408.jpg

दार्जीलिङ: दार्जीलिङ संसदीय सिटको लागि भारतीय जनता पार्टीले सांसद राजु विष्टलाई नै दोस्रोपल्ट प्रार्थीको रूपमा टिकट दिएकोमा सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा राष्ट्रीय अध्यक्ष जेपी नड्डा, भाजपा राष्ट्रीय महासचिव (संगठन) बीएल. सन्तोष र पार्टीको केन्द्रीय अनि राज्य नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। दार्जीलिङ संसदीय सिटको लागि भारतीय जनता पार्टीले आफुलाई फेरि पनि विश्वास र भरोसा देखाएकोमा प्रेस विज्ञप्ति जारी गरी सांसद राजु विष्टले भने, ‘ममाथि पुनः विश्वास गरेर दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रबाट दोस्रोपटक भाजपा प्रत्याशीको रूपमा मलाई मनोनित गर्नुभएको छ। म दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रका जनताप्रति उहाँहरूको आशीर्वाद, विश्वास अनि निरन्तर समर्थनको लागि आभारी छु।’
सासंद राजु विष्टले अघि भने, ‘म भाजपा दार्जिलिङ र भाजपा सिलगढ़ीका नेतृत्वगण अनि कार्यकर्ताहरूको ऋणि छु जो सधैँ मसँग दृढ़ताका साथ उभिएका छन् र जसले हाम्रो क्षेत्रको कायाकल्प गर्नका लागि काँधमा काँध मिलाएर काम गर्न सधैँ तत्पर रहँदै मलाई बल प्रदान गरेका छन्।’
सांसद राजु विष्टले अझ भने, ‘महाकाल बाबा, सिञ्चेल देवी माँ, सेवोकेश्वरी काली माँ, प्रधानमन्त्री मोदी, पार्टीका वरिष्ठ नेतागण, अनि दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रका जनताको आशीर्वादले हाम्रो क्षेत्रको कायाकल्प गर्न हामीले अहिलेसम्म गरेको प्रगतिलाई निरन्तरता दिँदै हाम्रो जनताका आकांक्षाहरूलाई पूरा गर्ने काम मैले जारी राख्नेछु। म एकचोटि फेरि तपाईंहरूको आशीर्वाद र शुभेच्छाको कामना गर्दछु।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *