तर पाँच वर्षमा राजु विष्टले चिया श्रमिकहरूको लागि केही गरेन अनि दैनिक हाजिरा ३५० रूपियाँ बनाउन सकेन: सन्तोष तामाङ

IMG-20240325-WA0407.jpg

खरसाङ: पाँच साल अघि राजु विष्टलाई भोट दिएर जिताउनलाई दार्जिलिङमा गृहमन्त्री अमित शाहले चिया श्रमिकहरूलाई दिनको हाजिरा ३५० भनाई दिन्छु भनेका थिए। त्यसै आधारमा भोट जितेर गयो र राजु विष्टलाई टी बोर्डको जिम्मेवार पनि दिइयो। तर पाँच वर्ष बितिसक्दा पनि न त चिया श्रमिकहरूलाई केही दिन सक्यो न त श्रमिकहरूको दैनिक हाजिरा ३५० रूपियाँ पनि भएन तृणमूल कंग्रेसको ट्रेड युनियन आईएनटीयुसीको सचिव सन्तोष तामाङले बताएका छन्। उनले यसपाली पनि दार्जीलिङ संसदीय सिटको लागि भारतीय जनता पार्टीले राजु विष्टलाई नै दोस्रोपल्ट प्रार्थीको रुपमा टिकट दिएपछि उनले प्रतिक्रिया व्यक्त गर्दै भने, भाजपाले हाजिरा बढाई दिन पनि सकेन। बरू जति बैला बंगाललकी मुख्यमन्त्री दार्जिलिङ आउँदा १५% बढ़ाएर चिया श्रमिकहरूलाई उपहारसहित अहिलेसम्म २५० दैनिक हाजिरा बनाई दिन सक्षम भयो भनी बताएका छन्। उनले अघि भने, बोल्न त पहिलेको सांसदहरूले पनि बोलेको हो। तर त्यहाँबाट बील पास गरेर ल्याउनु पो ठूलो कुरा हो। सय दिने कामको पैसा रोकेर मेलै रोकेको भनेर मिडियाबाट कराउने राजु विष्टले चिया श्रमिकहरूलाई चै किन ३५० रोज दिन सकेन। भोट जनताको अधिकार हो। तर चिया बगानको जनतालाई भोट हाल्ने मशीन सम्झेर कहिलेसम्म झुटो आश्वासन दिन्दै भोट लाने?
विश्व प्रसिद्ध चियाले चर्चित भनेको चिया श्रमिकहरूको विषयमा कहिले न्याय पाउने हो। कहिले चिया श्रमिकहरूको आंगमा पनि घाम लागने हो। बीजेपी पार्टीले पहाडको नेताहरूलाई सपना देखाएर जनतासित भोट बटुल्ने काम मात्र गरिरहेको छ। पाँच सालसम्म विष्टले नेताहरूको गल्ती देखाएर बितायो। बीजेपी समर्थकहरू स्थायी राजनैतिक समाधान हुन्छ। पाँच साल आशामा बित्यो। अब फेरि पहाडमा बीजेपी सरकारले झुटो आश्वासन देखाएर भोट मांगने काम गर्न तयार परिसकेको छ।’
तृणमूलको ट्रेड युनियन आईएनटीटीयुसीको नेता सन्तोष तामाङले अझ भने, पहाडको जनतालाई अब झुक्काउनु सक्दैन। अब जनता सचेत भएको छ। यसपाली पहाडबाट बीजेपीले भोट पाउन साह्रो छ। यसैले टीएमसी पार्टीको उम्मेदवार गोपाल लामा एकजना सचेत व्यक्ति हुन्। तृणमूल काँग्रेसले पहाडको लागि धेरै सहुलियतहरू दिएको छ। लक्ष्मी भण्डार, नानीहरूलाई कन्याश्री, अल्पसङ्ख्यक हरूलाई सरकारबाट घर, सार्वजनिक भवन, बाटो, नानीहरूलाई शिक्षा योजना, यस्ता धेरै छन्।’
उनले अब यस्ता कुराहरूलाई ध्यानमा राखेर पहाड़वासीले निर्णय लिने समय आएको छ। जनता साथै हाम्रो चिया श्रमिकहरूले आफ्नो बहुमूल्य भोट राम्रोसँग बिचार गरेर शान्तिसित मतदान गरिदिने अपिल पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *