कोलकाता: रातो ट्रली झोलामा लुकाएर रगतले लतपतिएको लाश नहरको किनारमा फेला परेको ७० वर्षीय सुबोध सरकारको हत्यामा संलग्न रहेको आरोपमा पुलिसले बैंक अधिकारी सौम्य कान्ति जनालाई पक्राउ गरेको छ।मृतकबाट लिएको ७ लाख रुपियाँ तिर्नबाट बँच्न आरोपितले वृद्धको हत्या गरेको स्वीकार गरेको पुलिसले जनाएको छ। बेल्गोरियास्थित आफ्नै घरमा साँझ ४.३० देखि ५.३० बजेतिर सरकारको हत्या गरेपछि जनाले इन्टरसिटी एप ट्याक्सी बुक गरी साँझ ७:३० बजे लाशलाई ट्याक्सीको बुटमा रहेको ट्रली झोलामा राखेर घरबाट निस्किएको पुलिसले जनाएको छ।