सिलगढी: व्यवसायिक ठूला ग्यास सिलिन्डरबाट घरेलु साना सिलिन्डर अवैध रिफिल गर्ने कार्यलाई प्रधाननगर थानाले पर्दाफाश गरेको छ। अवैध रुपमा ग्यास रिफिल गर्ने दुई जनालाई पुलिसले पक्राउ गरेको छ। पक्राउ परेकाहरुको नाम कुन्दन साह र आकाश बर्मन रहेका छन् ।प्राप्त जानकारीका अनुसार सिलगढी नगरपालिकाको वार्ड नम्बर ४७ को न्यू कालोनी क्षेत्रको एक पसलमा लामो समयदेखि अवैध रूपमा व्यावसायिक ग्यास सिलिण्डर रिफिल गर्ने व्यवसाय चलिरहेको थियो। यो कुरा थाहा पाएलगत्तै आइतबार प्रधाननगर थानाको पुलिसले उक्त पसलमा अभियान चलाएर दुईजना अभियुक्तलाई पक्राउ गरेको हो। सोही क्रममा पसलबाट ३४ थान व्यावसायिक तथा घरेलु ग्यास सिलिन्डर नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै आरोपीलाई प्रहरीले आज सिलगढी अदालतमा पेश गरेको छ।
About Author
Post Views: 35