“अनलाईन निबन्ध प्रतियोगिताको फलाफल”

photocollage_202283135155831.jpg

सिलिगुड़ी: हिमाली बौद्ध साधना संघ, सिलिगुड़ीले भगवान बुद्धद्वारा प्रतिवादित “प्रथम धर्म चक्र प्रवर्तन” को छेक पारेर १५ बर्षदेखि २१ बर्ष सम्मका युवावर्ग माझ अंग्रेजी, नेपाली, हिन्दी, अनि तिब्बती भाषामा “भगवान बुद्धका ऐतिहासिक पक्षहरू, बौद्ध धर्मका सम्रदायहरू र बौद्ध धर्मका अनुयायीहरूले मनाउने महत्वपूर्ण पर्वहरू  समावेश गर्दै बौद्ध धर्म” माथि अनलाईन  निबन्ध प्रतियोगिता आयोजन गरिएको थियो। उक्त प्रतियोगितामा उत्तर प्रदेश, महाराष्ट्र, दार्जिलिंग, कालिम्पोंग, सिक्किम आदिवाट युवावर्गहरूले अति उत्साहको साथ सहभागिता लिएका थिए। 

श्रीमती शारदा योञ्जन, श्रीमती स्वप्ना जिम्बा, सिलीगुड़ी, श्री वर्द्धन लामा, आसाम, श्री अरूण भट्ट, शिलोंग, श्री सुवास बौद्ध, संकिशा, उत्तर प्रदेश, श्री कैलाश बौद्ध शाक्य, धर्मशाला, श्री पासाङ्ग शेर्पा, काठमाडौं, श्री निमा रिन्छेन योल्मो, जोरबङ्गला, अनि श्रीमती रूथ लामा, मेथिबारी, सिलीगुड़ी आदि निर्णायक मण्डलीहरूद्वारा निबन्ध लेखहरूको मूल्यांकन गरिएको थियो।

यस प्रतियोगिताको प्रमुख संयोजक श्री प्रयास लामा, मङ्गपु द्वारा तयार पारिएको चुडान्त परिणाम अनुसार सर्वश्रेष्ठ निबन्ध लेखको निम्ती वेदान्त तामाङ्ग, तीनधारे, खरसाङ (प्रथम – अंग्रेजी भाषा), सिद्धार्थ दीपक येलकर, अकोला, महाराष्ट्र (दोस्रो – हिन्दी भाषा), सुश्री अरमिता तामाङ्ग, मंगरजुङ्ग, पोखरीयाबुङ्ग (तेस्रो – नेपाली भाषा), अनि प्रेम दोर्जे शेर्पा, म्हाणी छोइलिगं गुम्बा, सुखिया पोखरी (सान्तवना पुरस्कार – तिब्बती भाषा) लाई क्रमैले नगद राशि रू ५०००, रू ३०००, रू २००० अनि रू १००० द्वारा सम्मानित जनायो। यस प्रतियोगितामा भाग लिएका सम्पूर्ण प्रतियोगीहरूलाई संघको पक्षबाट उनीहरूको घरको ठेकानामा डाकद्वारा पूज्यनीय १५ वाँ छाङ्गलिङ्ग रिन्पोर्छे तथा पूज्यनीय खेन्पो छोइंग राङढोल द्वारा हस्ताक्षर गरिएको प्रमाण पत्र पठाईने कुराको पुष्टीकरण हिमाली बौद्ध साधना संघको संस्थापक एवं सयोजक श्री पासाङ्ग भोटियाद्वारा गरिएको छ।

About Author

Advertisement