राजु विष्टले दोस्रोपल्ट टिकट पाएपछि भाजपा दार्जीलिङ खरसाङद्वारा आभार प्रकट

IMG-20240325-WA0372.jpg

खरसाङ: दार्जीलिङ संसदीय सिटको लागि भारतीय जनता पार्टीले सांसद राजु विष्टलाई नै दोस्रोपल्ट प्रार्थीको रूपमा टिकट दिएकोमा भाजपा दार्जिलिङ जिल्ला समिति र खरसाङको विभिन्न मण्डलहरूका पक्षबाट भारतीय जनता पार्टीको उच्च पदाधिकारीहरूलाई धन्यवाद दिइएको छ। आज खरसाङमा एक पत्रकार सम्मेलन बोलाएर भाजपा दार्जिलिङ जिल्ला समितिको सचिव सोनाम लामाले पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ संसदीय सिटको लागि भारतीय जनता पार्टीले दोस्रोपल्ट राजु विष्टलाई नै प्रार्थीको रुपमा टिकट दिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा, गृहमन्त्री अमित शाह साथै भाजपा संसदीय कमिटीको सदस्यहरूलाई धन्यवाद दिएका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै पहाड़मा सबैले रूचाएको साथै कुना कुना पुगेर कार्य गरेका सांसद राजु विष्टलाई नै प्रार्थीको रूपमा टिकट दिएकोमा सबैजना खुशी रहेको र यसको लागि सबैप्रति आभार प्रकट गरेका छन्। उनले यसको लागि पहाड़को जनता जसले राजु विष्टलाई मन पराएर सोसियल मिडियामा विचार व्यक्त गरेका थिए। त्यसको सम्पूर्ण जनतालाई पनि धन्यवाद दिएका छन्। भाजपा जिल्ला सचिव सोनाम लामाले भने, प्रधानमन्त्री नरेन्द्र मोदी सिलगढीमा आएर गोर्खाहरूको मांग अन्तिम चरणमा पुगेको भनी बताएको कारणले अब गोर्खाहरूको स्थायी राजनैतिक समाधान चाढ़ै हुने आशा छ। उक्त स्थायी राजनैतिक समाधान सांसद राजु विष्टको अगुवाईमा नै समाधान हुने आशा छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement