काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले आज होलीको अवसरमा शान्ति एवं सद्भावनाको सन्देश दिएकी छन्। उनले बंगला अनि हिन्दी भाषामा सन्देश लेखेर मानिसहरूलाई शुभकामना दिएका छन्।
सोमवार माइक्रो ब्लगिंग साइट एक्समा उनले लेखिन्, तपाईहरू सबैलाई दोलयात्रा एव होलीको हार्दिक शुभकामना। बंगालका सबै मानिसहरू शान्ति-सद्भाव-प्रेमको रंगमा रंगिउन्, यही नै मेरो प्रार्थना छ। स्वस्थ रहनुस्, सानन्द रहनुहोस्।
उल्लेखनीय छ, पश्चिम बंगालमा देशका अन्य राज्यहरूको तुलनामा एकदिन अगाड़ि नै होली मनाइन्छ। यसलाई दोल यात्रा भनिन्छ। सोमवार सारा बंगालभरि नै दोल यात्राको पर्व मनाइँदैछ।