वाराणसी: वाराणसीको ज्ञानवापी मस्जिदमा शुक्रबार १२०० भन्दा बढी मानिस नमाज पढ्न पुगेका छन्। अवस्था यस्तो भयो कि पहिलो पटक ज्ञानवापी हाउसफुल भयो। बाहिर पनि ठूलो भीड जम्मा भयो। त्यसपछि मस्जिद कमिटीले तत्कालै मुख्य गेट बन्द गरिदियो। मानिसहरूलाई अन्य मस्जिदहरूमा नमाज पढ्न लाउडस्पीकरमा अपील गरिएको थियो। अर्कोतर्फ शुक्रबारलाई ध्यानमा राख्दै वाराणसीमा बिहानैदेखि उच्च सतर्कता अपनाइएको छ। सावधानीका रूपमा ज्ञानवापी बाहिर ठूलो संख्यामा कमाण्डो र फोर्स तैनाथ गरिएको छ। अन्जुमन इन्जानिया मस्जिद कमिटीका एक सदस्य ज्ञानवापीको क्षमता करिब ७ सयजना रहेको बताउँछन्। भित्र ठाउँ भरिएको छ। त्यसैले ज्ञानवापीमा कोही पनि आउँदैनन्।
अदालतमा ज्ञानवापीको सर्वेक्षण शुरु हुनुअघि यहाँ नमाज पढ्नको लागि प्रायः त्यति धेरै मानिस आउँदैनथेl सर्वेक्षणपछि यहाँ ठूलो भीड लागेको छ। गत वैशाख २१ गते सर्भे शुरु हुँदा पहिलो पटक ठूलो संख्यामा पुजारी आएको स्थानीयले बताए। त्यसपछि आज जुमेमा निकै भीड लागेको छ। यसअघि नमाज पढ्न करिब चार सयजना मात्र आउने गर्दथे।