पश्चिम बंगालका ४२ वटै  सिटमा एसयूसीआईले खडा गरायो उम्मेदवार

Screenshot_20240325_130150_WhatsApp-1

जलपाईगढी: एसयुसीआईले लोकसभा चुनावमा कूल १५१ सीटहरूमा आफ्ना उम्मेदवारहरू उम्मेदवारी दिएको छ। पार्टीले पश्चिम बङ्गालका सबै ४२ सिटमा उम्मेदवार खडा गरेको छ। मैनागढी हाई स्कूलका शिक्षक रामप्रसाद मण्डल जलपाईगढी लोकसभा सीटबाट एसयूसीआई पार्टीको उम्मेदवार बनेका छन्। एसयूसीआई पार्टीका प्रदेश सचिव चण्डिदास भट्टाचार्यले जलपाईगढीमा पत्रकार सम्मेलन गरेर यस्तो घोषणा गरेका हुन्। उनले राज्यका जनता सेवाबाट वञ्चित भएको बताए। ‘राज्य र केन्द्रको नीतिले शिक्षा प्रणालीलाई धरासायी बनाएको छ। सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित छन्। मजदुरले काम पाएका छैनन्। मुलुकभर बेरोजगारी बढ्दै गएको छ। जताततै महिलाको अपमान भइरहेको छ। तर चुनावअघि राज्य र केन्द्र सरकारबीच कानुनी निकायलाई एकअर्काविरुद्ध खडा गर्ने खेल चलिरहेको छ। आम जनताको भोट पाएपछि अहिले आपसमा लडिरहेका छन्’, उनले भने। कार्यक्रममा राज्य सचिव परिषद सदस्य नवेन्दु पाल, जलपाईगढी लोकसभा सीटका उम्मेदवार रामप्रसाद मण्डल, जिल्ला समिति सचिव सुजित घोष र अन्य उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *