सेमसनको अर्द्धशतकले रोयल्स २० रनले विजयी

IMG-20240325-WA0173.jpg

जयपुर: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-को म्याचमा राजस्थान रोयल्सले कप्तान सञ्जु सेमसन (अविजित ८२)-को उत्कृष्ट प्रदर्शनको सहायताले लखनऊ सुपर जाइण्ट्सलाई २० रनले पराजित गऱ्यो। गुलाबी रंगले भरिएको सवाई मानसिंह स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै रोयल्सले ४ विकेटमा १९३ रन बटुल्यो। प्लेयर अव् द म्याच रहने सेमसनले ५२ बल खेलेर ६ वटा छक्का र ३ वटा चौका लगाए। त्यसपछि लखनऊ सुपरजाइण्ट्सको टीम २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको स्कोरमा अल्झियो। लखनऊको टीमबाट कप्तान केएल राहुल (५८) र निकोलस पूरन (अविजित ६४)-ले असल ब्याटिंग गरे पनि टीमलाई जिताउन सकेनन् । विशाल लक्ष्यलाई पीछा गर्दै कप्तान राहुलले शुरुदेखि नै असल ब्याटिंग गरे पनि उनले साथी खेलाड़ीहरूबाट कुनै साथ पाएनन् । क्विण्टन डी कक (०४), देवदत्त पडिक्कल (शून्य) र अयुष बडोनी (०१) शुरुमै आउट हुँदा एक समय स्कोर ११ रनमा ३ विकेट रहेको थियो। त्यहाँबाट राहुलले दीपक हूडा (२६ रन) – सँग मिलेर स्कोरलाई ६०-सम्म पुऱ्याए। हूडा आउट भएपछि राहुलले निकोलस पूरनसँग मिलेर ८५ रनको पार्टनरशीप गरी लड़ाइँ जारी राखे। राहुल १७औं ओभरमा आउट भए। उनले ४४ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। त्यहाँबाट पूरनले सक्दो प्रयास गरे पनि टीमलाई जीत दिलाउन सकेनन् । पूरनले ४१ बल खेलेर ४ वटा छक्का र ४ वटा चौका लगाए। रोयल्सका बलरहरूमा न्यूजील्याण्डका ट्रेण्ट बोल्टले सर्वाधिक २ विकेट लिए।
आज टस जितेर पहिला ब्याटिंग गर्ने रोयल्सको निम्ति कप्तान सेमसनको अर्द्धशतक मुख्य आकर्षण रह्यो। ओपनरद्वय जोस बटलर (११) र यशस्वी जयसवाल (२४) चाँड़ै आउट हुँदा स्कोर २ विकेटमा ४९ रन रहेको थियो। त्यहाँबाट सेमसनले रियान परागसँग मिलेर तेस्रो विकेटको निम्ति ९३ रनको पार्टनरशीप गरे। परागले ३ वटा छक्का र एउटा चौकाको सहायताले ४३ रन बनाए। शिमरोन हेटमायर केवल ५ रन बनाएर आउट भए। अन्तिम ओभरहरूमा सेमसनले ध्रुव जुरेलसँग मिलेर पाँचौं विकेटको निम्ति ४३ रनको अटूट पार्टनरशीप गरी टीमलाई १९३ रनसम्म पुऱ्याए। लखनऊका बलरहरूमा नवीन-उल-हकले सर्वाधिक २ विकेट हासिल गरे ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *