मणिपुर फेरि च्याम्पियन

IMG-20240325-WA0008.jpg

इम्फाल: पूर्वोत्तर खेल परिदृश्यमा आफ्नो शासन कायम राख्दै मणिपुरले तेस्रो पूर्वोत्तर खेलहरू (नर्थ-ईष्ट गेम्स) २०२४-मा लगातार तेस्रोपल्ट समग्र च्याम्पियनशीपको खिताब जित्यो। नागाल्याण्डमा १८- देखि २३ मार्चसम्म भएको यी खेलहरूमा एथलीटहरूले आर्चरी, एथलेटिक्स र ब्याडमिण्टनसहित १५ विभिन्न स्पर्धाहरूमा प्रतिस्पर्धा गरे। मणिपुरले ५२ वटा स्वर्णको साथमा जम्मा १३० वटा पदकको साथ समग्र च्याम्पियनशीप जित्यो। यसले पनि पूर्वोत्तर खेलहरूमा मणिपुरको श्रेष्ठतालाई साबित गर्छ। आयोजक नागाल्याण्ड ४८ वटा स्वर्णसहित जम्मा १३४ वटा पदक जितेर प्रथम उपविजेता रह्यो। असमको टीम १३९ वटा पदकको साथ दोस्रो स्थानमा रह्यो। यी खेलहरूमा पूर्वोत्तरका आठवटा राज्यहरू नागाल्याण्ड, मणिपुर, असम, मिजोरम, अरुणाचल प्रदेश, सिक्किम, मेघालय र त्रिपुराका खेलाड़ीहरूले हिस्सा लिएका थिए। यी खेलहरूमा मणिपुरले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। उनीहरूले २०१८-मा इम्फालमा आयोजित पहिलो संस्करणमा पनि च्याम्पियनको खिताब जितेको थिए अनि २०२२-मा मेघालयमा आफ्नो खिताब बचाएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *