गान्तोक: भारतीय जनता पार्टी (भाजपा) ले सिक्किम प्रदेश उपाध्यक्ष दिनेशचन्द्र नेपाललाई सिक्किमको निम्ति लोकसभा उम्मेदवार घोषणा गरेको छ। भाजपाले आज आगामी लोकसभा चुनाउको निम्ति उम्मेदवारहरूको पॉंचौं सूची जारी गरेको छ।
भाजपाले प्रदेश उपाध्यक्ष दिनेशचन्द्र नेपाललाई सिक्किमको निम्ति लोकसभा उम्मेदवार घोषणा गरेको छ।
उल्लेखनीय छ, दिनेशचन्द्र नेपाल सिक्किम सरकारको शिक्षा विभागका सचिव पदबाट सेवानिवृत्त अधिकारी हुन्। सरकारी सेवाबाट सेवानिवृत्त बनेपछि उनी भाजपामा सामेल भएका हुन्।









