अन्ततः  राजु बिष्टलाई भाजपाले बनायो दोस्रो पटक उम्मेदवार

Raju-Bist

सिलगढी: दार्जीलिङ लोकसभा सिटमा भाजपाको उम्मेद्वारितालाई लिएर निक्कै चर्चा र चासोको विषय  बनेको थियोl वर्तमान सांसद राजु बिष्ट र भारतका पूर्व विदेश सचिव हर्षवर्द्धन शृङ्गलाको चर्चा चलिरहेको थियोl अन्तत: सांसद राजु बिष्टलाई भाजपाले पुन: दोस्रो पटक दार्जीलिङ लोकसभा सिटमा आफ्नो उम्मदेवार  घोषणा गरेको छl भाजपाको केन्द्रीय समितिले नयाँ दिल्लीबाट आज आफ्नो उम्मेदवारहरूको  नाम घोषणा गरेर अर्को सूची सार्वजनिक गरेको छl प्रधानमन्त्री नरेन्द्र मोदीको निक्कै मानिएका  हर्षवर्द्धन शृङ्गला पनि दार्जीलिङ लोकसभा सिटबाट उम्मेदवार रुपमा दावेदार थिएl  अन्तिम क्षणसम्म पनि उनको चर्चा  चलिरहेको थियोl जी-२० को पूर्व अध्यक्ष समेत रहेका हर्षवर्द्धन शृङ्गला गत वर्ष जी-२० को सफल आयोजनाका कारण चर्चामा आएका हुन्l सांसद राजु बिष्टले दार्जीलिङका मूल मुद्दाहरूलाई संसदमा बारम्बार उठाएका हुनाले टिकटको लागि उनी दह्रो मानिएका थिएl आज उनले टिकट पाएपछि दार्जीलिङ लोकसभा समष्टिका भाजपाका कार्यकर्ताहरू र समर्थकहरूमा खुशीओ लहर छाएको छl      

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *