केजरीवालको गिरफ्तारी विरूद्ध आइएनडीआइएले रामलीला मैदानमा ऱ्याली गर्ने

1711267772_new-project-16.jpg

नयाँ दिल्ली: विपक्षी दलहरूको गठबन्धन आइएनडीआइएले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी विरूद्ध आगामी ३१ मार्च रामलीला मैदानमा महाऱ्याली आयोजित गर्नेछ।

आम आदमी पार्टी (आआप) र दिल्ली कांग्रेसको प्रदेश एकाईले गठबन्धनका अन्य घटकदहरूका नेताहरूको साथ आइतवार दिल्लीमा पत्रकार वार्तामा यसको घोषणा गऱ्यो। आआपका नेता एवं दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले आरोप लगाए कि केन्द्र सरकारले विपक्षी नेताहरूलाई डर देखाउन जाँच एजेन्सीको प्रयोग गरिरहेछ। उनीहरूमाथि फर्जी मामिला बनाएर फंसाइरहेछ। केन्द्रको एजेन्सीहरू झारखण्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेन र राजद नेता तेजस्वी यादवको पछाड़ी परेका छऩ्।

उनले भऩे, हामी यस सम्बन्धमा सम्बन्धित विभागहरूसित अनुमति मागिरहेका छौं। यदि हामीलाई ऱ्यालीको अनुमति दिइएन भऩे यो लोकतन्त्रको निम्ति खतराको घन्टी हुनेछ। उनले दाबी गरे, यस ऱ्यालीमा पूरा दिल्ली एकत्र हुनेछ।

दिल्ली प्रदेश अद्यक्ष अरविन्द सिंह लवलीले भने, लोकतन्त्रमा विपक्षलाई दुर्बल बनाउने प्रयास भइरहेछ। पहिलो पल्ट एक मुख्यमन्त्रीलाई पक्राउ गरिएको छ। कांग्रेसको खाता सील गरिएको छ। कांग्रेस नेता राहुल गान्धीले यसको विरोधमा आवाज उठाइरहेका छन्।

उल्लेख्य, मुख्यमन्त्री केजरीवाललाई आबकारी नीति घोटालासित सम्बन्धित मनी लन्ड्रिङ मामिलामा प्रवर्तन निदेशालयले बिहिवार राति पक्राउ गरेको थियो। तबदेखि नै विपक्षी नेता एकजुट भएर सरकारलाई यस मुद्दामा घेरिरहेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *