सिक्किम ड्रग युजर्स फोरमले 3एचपी कार्यान्वयनको माग दोहोऱ्यायो

1000579026.jpg

गान्तोक: सिक्किम ड्रग युजर्स फोरमले राज्य स्वास्थ्य एवं परिवार कल्याण विभाग समक्ष एचआईभीसॅंग बॉंचिरहेका मानिसहरू, पॉंच वर्षभन्दा कम उमेरका नानीहरू र अन्य असुरक्षीत मानिसहरूमा लेटेन्ट टीबी इन्फेक्सन (एलटीबीआई) लाई सम्बोधित गर्न 3एचपी शुरू गर्न आग्रह गरेको छ।

फोरमले आज विश्व क्षयरोग दिवसको अवसरमा उक्त माग गरेको छ।

फोरमका समन्वयक छेवाङ जी शेर्पाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, क्षयरोग विभिन्न प्रकारका हुन्छन् जसमध्ये एउटा ‘लेटेन्ट टीबी इन्फेक्सन’ (एलटीबीआई) हो। कोही पनि टीबीबाट संक्रमित हुन सक्छ, सक्रिय टीबीबाट बिरामी नभई एलटीबीआई चरणमा रहन सक्छ। तर, जब शरीर कमजोर हुन थाल्छ, कुपोषण, प्रतिरक्षा दमन र बढ्दो उमेरका कारण एलटीबीआई सक्रिय रोगमा परिणत हुन सक्छ।

एचआईभी संक्रमित मानिसहरूमा देखरेख अथवा उचित हेरचाहको अभावका कारण एलटीबीआई सक्रिय टीबीमा परिणत बन्ने सम्भावना हुन्छ। एलटीबीआईको उपचार गर्न सकिन्छ। फोरमले क्षयरोग रोकथामको निम्ति 3एचपी को वकालत गर्दै यो व्यवस्था प्रभावकारी रहेको बताएको छ। फोरमले सिक्किम सरकारलाई टीबी र एआरटी केन्द्रहरूमा 3एचपी शुरू गर्न आग्रह गर्दै यसो गर्न सकेको खण्डमा २०२५ सम्म देशलाई टीबी मुक्त देश बनाउन ठूलो योगदान पुग्ने बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *