साेरेङ: सोरेङ जिल्लामा पहिलो चरणको ईभीएम रेन्डोमाइजेसन जिल्लापाल हिस्से डी. योङदाको उपस्थितिमा सम्पन्न भयो। यस अवसरमा अतिरिक्त जिल्लापाल धिराज सुवेदी, महकुमा अधिकारी (मुख्यालय) डीआर बिष्ट, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
गेजिङ जिल्ला अन्तर्गत क्योङसामा सम्पन्न भएको ईभीएम रेन्डोमाइजेसन प्रक्रियाबारे जिल्लापाल हिस्से डी. योदङादले राजनीतिक दलका प्रतिनिधिहरूलाई विस्तृतरूपमा अवगत गराइन्। विशेष गरेर ईभीएमको रेन्डोमाइजेसनद्वारा चुनाउ प्रक्रियाका साथै स्वतन्त्र र निष्पक्ष चुनाउ गराउन सुनिश्चित गर्ने भएकोले भारतको चुनाउ आयोगले तोकेका निर्देशबारेमा विस्तृत रूपमा जानकारी गराइएको थियो।
यसका साथै राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा रेन्डोमाइजेसन गर्नाले सबै राजनीतिक दलका प्रतिनिधिहरू सन्तुष्ट हुन सक्ने कुरालाई ध्यानमा राख्दै यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो। ईभीएमको रेन्डोमाइजेसन गरेपछि सबै राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा ईभीएम र भीभीपीएटीलाई सोरेङको बीएड कलेजको स्ट्रङरूपमा स्थान्तरण गरेर सील गरिएको बताइएको छ।









