सिक्किममा व्यापक भ्रष्टाचार बढेको कारण गठबन्धन तोड्न आवश्यक पऱ्योः भाजपा

n5944518321711297581567ea05f079e32af9a89cf1224c52aa46c3861c79c7b2683141b6ffadff08d07a31.jpg

गान्तोक: एसकेएम पार्टीसँग नीति र सिद्धान्त नमिलेको अनि सिक्किममा व्यापक भ्रष्टाचार बढेको कारण गठबन्धन तोड्न आवश्यक परेको भारतीय जनता पार्टी (भाजपा) सिक्किमले बताएको छ।

एसकेएमले भ्रष्ट सरकार चलाएको कारण भाजपा सिक्किमले तीन वर्ष गरेको प्रयासपछि गठबन्धन तोडिएको भाजपा प्रवक्ता पासाङ शेर्पाले दाबी गरेका छन्।

गान्तोकमा आइतवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पासाङ शेर्पाले भने, यो गठबन्धनबाट छुटकारा पाए मात्रै सिक्किमले न्याय पाउॅंछ भनेर हामीले केन्द्रलाई भनेका थियौं, जसको सुनवाई भएको छ। एसकेएमसॅंग चुनाउ पूर्व गठबन्धन भएन र भोलि चुनाउपछि पनि गठबन्धन रहने छैन।

उनले भ्रष्टाचार विरुद्ध भाजपाको आवाज लगातार बुलन्द रहने बताए भने एसकेएमको एनडीएसॅंग गठबन्धन पनि तोडिएको दाबी गरेका छन्। यता केही भाजपा विधायक एसकेएम जाने खबर बारे प्रतिक्रिया दिंदै पासाङ शेर्पाले भने, हामी चामल निफन्दैछौं, भुसहररू उढेर जान्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement