डीआर थापा अप्पर बुर्तुक र छितेन टाशी भोटिया संघ निर्वाचनबाट चुनाउ लड्ने सम्भावना

1000579026.jpg

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किम राज्य अध्यक्ष डीआर थापा अप्पर बुर्तुक निर्वाचन क्षेत्रबाट चुनाउ लड्ने थाहा लागेको छ।

भाजपाका विश्वस्त सूत्रहरू अनुसार, अहिलेसम्म चारवटा निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय भइसकेको छ भने डीआर थापालाई अप्पर बुर्तुकका लागि चयनित गरिएको छ। यो उनको गृह निर्वाचन क्षेत्र पनि हो।

अर्कोतर्फ एकमात्र संघ निर्वाचन क्षेत्रका लागि पूर्व मन्त्री छितेन टाशी भोटियाको नाम अघि आएको छ। यसरी नै हालै भाजपमा सामेल भएका पूर्व विधायक उगेन निडुप भोटिया काबी लुङ्चोक निर्वाचन क्षेत्र र सिक्किम भाजपा विधायक दलका नेता तथा पूर्व मन्त्री नरेन्द्र कुमार सुब्बा पश्चिम सिक्किमको मानेबुङ देन्ताम निर्वाचन क्षेत्रबाट चुनाउ लड्ने सूत्रहरूले बताएका छन्।

तथापि भाजपाले सिक्किमको चुनाउका लागि उम्मेदवारहरुको आधिकारीक सूची भने अहिलेसम्म जारी गरेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement