ग्रामीण विकास विभाग प्रत्यक्ष रूपमा तृणमूलस्तरसॅंग जोडिएको विभाग: मन्त्री लिम्बू

IMG-20220802-WA0207.jpg

गान्तोक: ग्रामीण विकास विभागले मंगलवार आजादीको अमृत महोत्सव अन्तर्गत जनता भवनमा एक कार्यक्रम आयोजन गऱ्यो। यस कार्यक्रममा पीएचई विभाग मन्त्री भीमहाङ लिम्बू मुख्य अतिथि थिए। यस साथै ग्रामीण विकास विभागका प्रधान सचिव सीएस राव, विशेष सचिव सारिका प्रधान, विशेष सचिव एवं पञ्चायत निदेशक बसन्त लामा आदि पनि उपस्थित थिए।

प्रधान सचिव रावले हर घर तिरंगा अभियानको महत्वमाथि प्रकाश पारे। यो अभियानले मानिसहरूलाई राष्ट्रिय झण्डा घरमा फहराएर स्वतन्त्रता दिवस मनाउन प्रोत्साहित गर्दछ भनी बताए। अमृत सरोवरमाथि बोल्दै उनले मानिसहरूलाई जल निकाय छेउछाउ विरूवा लगाउन आह्वान गरे। उनले आफ्नो सम्बोधनमा विभागका उपलब्धीहरूमाथि पनि प्रकाश पारेका थिए।

मुख्य अतिथि मन्त्री लिम्बूले ग्रामीण विकास विभाग प्रत्यक्ष रूपमा तृणमूलस्तरसॅंग जोडिएको विभाग रहेको बताए। उनले विभागका अधिकारीहरूलाई ग्रामीण समाजको उत्थानका लागि पूर्ण समर्पणका साथ काम गर्न आह्वान गरे। उनले ग्रामीण घर परिवारका प्रत्येक व्यक्तिको डाटा बेस तयार गर्न प्रोत्साहित गर्दै ग्रामीण जनताका लागि आजीविकाका वैकल्पिक माध्यमहरू खोज्न आह्वान गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *