महाराष्ट्रको अमरावतीमा एसटी बस भीरबाट तल झर्दा ३ को मृत्यु, ३६ यात्री घाइते

amravati_bus_accident.jpg

मुंम्बई: अमरावती जिल्लाको चिखलदरा नजिक मड्डी क्षेत्रमा आइतवार दिनको ११:३० बजी एक एसटी बस अनियन्त्रित भएर भीरदेखि २५ फीट तल झऱ्यो। यस घटनामा दुई महिला समेत तीन जनाको मृत्यु भएको छ र ३६ भन्दा धेरै यात्री घाइते भएका छन्।

घाइतेहरूलाई सेमाडोह प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ती गराइएको छ, जहाँ उनीहरूको उपचार भइरहेछ।

पुलिस अनुसार, एसटी बस आज बिहान अमरावतीदेखि मध्यप्रदेशतिर आइरहेको थियो। चिखलदरा नजिक मड्डी क्षेत्रमा घुमाउरो बाटो भएको कारण चालकको ध्यान अचानक हटेपछि बस अनियन्त्रित भएर भीरबाट २५ फीट तल झऱ्यो। गाउँलेहरू तत्काल घटनास्थलमा पुगे औं यस घटनाको जानकारी सेमोडोह पुलिस स्टेशन टीमलाई दिए।

यसपछि पुलिसले घटनास्थलमा पुगेर राहत र बचाउ कार्य शुरू गऱ्यो। इन्दु साधन गैन्त्रे (६५) र ललिता चिमोटे (३०) र एक अन्यको घटनास्थलमै मृत्यु भयो। पुलिसले तीनै शवलाई पोस्टमार्टमको निम्ति पठाएको छ। साथै ३६ भन्दा धेरै घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ती गराइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *