राजभवनमा हर्ष एवं उल्लासको साथमा होली मिलन समारोहको आयोजन

n5944633221711294000981f258f59ddbbb476fe9913c0cc6c199428c632f6e020af056543cf0a845e0b920.jpg

गान्तोक: सिक्किमको राजभवनमा आज हर्ष एवं उल्लासको साथमा होली मिलन समारोहको आयोजन गरियो। यस अवसरमा राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथि थिए। होलीको पूर्व सन्ध्यामा राजभवनद्वारा आयोजित यस समारोहमा मारवाडी होली उत्सव समिति, आईटीबीपी र राजभवन परिवारका सदस्यहरू उपस्थित थिए।

समारोहलाई सम्बोधित गर्दै राज्यपाल प्रसादले समाजमा रीति-रिवाज र परम्पराहरूलाई जीवित राखेकोमा सबै उपस्थित मानिसहरूप्रति आभार व्यक्त गरे। उनले पर्वलाई हाम्रो जीवनमा नयॉं उत्साह, नयॉं विचार र नयॉं संकल्पको माध्यम बताए। राज्यपालले भने, भारतीय संस्कृति एक सर्वश्रेष्ठ संस्कृति हो। सबैलाई सुखी, स्वस्थ रहने र खुशी बाट्ने अवसर प्रदान गर्दछ। हाम्रो संस्कृतिको विस्तार आज सात समुद्र परसम्म देखिन्छ, जसले विश्व बन्धुत्वको भावलाई बढाइरहेको छ।

उनले होलीको महत्त्वमाथि प्रकाश पार्दै भने, यदि प्रकृतिले भिन्न-भिन्नै रंग बनाएको छ आज सबै जना एउटै रंगमा रंगिन्छन्। यो भावले हाम्रो समाजलाई समता, ममता र एकताको सूत्रमा बॉंध्ने काम गर्दछ। उनले खुशीको अवसरहरू आफुसम्म मात्र सीमित नराखेर समाजका वंचित वर्गहरूमा पनि वितरण गर्न बल दिए।

राजभवन परिसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका मानिसहरू एकता र एकजुटताको भावनाका साथ अघि आएको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस अवधि राज्यपालले सबैलाई अबीर लगाएर होलीको शुभकामना दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *