मेरो मुख्य उद्देश्य पहाडको विकास साथै गोर्खा समुदायको भलाईको लागि कार्य गर्ने हो तर चुनाव लड्ने होइन: बिमल गुरुङ

IMG-20240324-WA0223.jpg

दार्जीलिङ: गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आज दार्जीलिङको लेबोङ-बादमताम निर्वाचन क्षेत्रमा आफ्नो पार्टी कार्यक्रममा सहभागिता जनाउँदै सम्बोधन गरेका छन्। उनले यसपालीको लोकसभा चुनावमा आफ्नो प्रार्थी विषयमा युवाहरूको प्रस्तावमाथि निर्णय गर्न बाँकी रहेको बताएका छन्। यसपाली २६ अप्रेलमा दार्जीलिङ जिल्लामा हुने लोकसभा चुनावमा युवाहरूले बिमल गुरुङ आफैले लोकसभा चुनाव लड्नु पर्ने हो कुरा उठाएका छन्। तर, यस विषयमा छलफल भइरहेको गुरुङले बताए। बिमल गुरुङले पत्रकारहरूलाई बताए अनुसार उनको मुख्य उद्देश्य पहाड र पहाडको विकासमा काम गर्नु साथै गोर्खा समुदायको भलाईको लागि कार्य गर्ने रहेको बताएका छन्। उनले आफ्नो उद्देश्य चुनाव लड्ने नरहेको पनि बताए। चुनावमा मा प्रतिस्पर्धा भए पनि उनीहरुको युवा मोर्चाले यही माग गर्दै आएको थियो।
यस विषयमा निर्णय गर्ने अधिकार मात्रै हो भनी बताएका छन्।
मोर्चा अध्यक्ष गुरूङले दुई–चार दिनभित्रै यस विषयमा कुरा टुंग्याउने पनि बताए। अहिले दिल्लीमा रहेको उनीहरुको प्रतिनिधि मण्डलसँग पनि यसबारे निर्णय गर्ने र त्यहाँ पनि छलफल चलिरहेको थियो र प्रतिक्रिया हेर्दै त्यहाँ उनीहरूले निर्णय लिनेछन्। यसपालीको लोकसभा चुनावमा कसलाई समर्थन गर्ने भनेर सोध्दा यस निर्वाचनमा समर्थन गर्ने, त्यसबारे कुनै निर्णय नगरेको बताएका छन्। यस कुरामा आफ्नो प्रतिनिधिमण्डलले कांग्रेसलाई पनि भेटेको गुरुङले बताए। उनीहरुलाई पत्र पठाएर आदिवासीको मुद्दा राखे
गोर्खाल्याण्डसँगै ११ समुदायलाई स्थितिबारे उनीहरुले आफ्नो घोषणा पत्रमा के राख्ने भन्ने विषयमा छलफल भएको थियो।
तिनीहरूले यसलाई उत्सुकतापूर्वक हेरिरहेका पनि बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *