क्रिस्पिन छेत्रीको मार्गदर्शनमा ओडिशा एफसी बन्यो आईडब्ल्यूएल च्याम्पियन

IMG-20240324-WA0215.jpg

नयाँ दिल्ली: दिग्गज प्रशिक्षक क्रिस्पिन छेत्रीको मार्गदर्शनमा ओडिशा फूटबल क्लबले प्रतिष्ठित इण्डियन वूमन्स लीग (आईडब्ल्यूएल)-को खिताब जित्यो। च्याम्पियन बन्नको निम्ति ओडिशा एफसी-ले आइतवार किकस्टार्ट एफसी विरुद्ध जीत हासिल गर्नु पर्ने थियो अनि आज क्रिस्पिन छेत्रीको प्रशिक्षणमा रहने टीमले विपक्षी टीमलाई ६-०-ले पराजित गरी खिताब जित्यो। विजेता टीमले म्याचको दुवै हाफमा ३-३ गोल गऱ्यो। ओडिशा एफसी-बाट म्याचमा लिण्डा कोमले ह्याट्रिक गरिन्। यसबाहेक प्यारीले २ र कार्थिकाले १ गोल गरिन्। यस जीतको साथै ओडिशा एफसी १२ वटा म्याचमा ३१ पोइण्ट्सको साथ शीर्षमा रह्यो। यसरी गोकुलम केरला एफसी २९ पोइण्ट्सको साथ दोस्रो र किकस्टार्ट एफसी २१ पोइण्ट्सको साथ तेस्रो स्थानमा रह्यो।आईडब्ल्यूएल च्याम्पियन ओडिशा एफसी-ले अब एएफसी वूमन्स क्लब च्याम्पियनशीपमा देशको प्रतिनिधित्व गर्ने मौका पाउनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *