तीनधारेमा ओपेन क्रिकेट टुर्नामेन्ट शुरु

IMG-20240324-WA0214.jpg

उदघाटन खेलमा डिस्को सेवोकद्वारा भानु टोल खरसाङलाई एकतर्फी रूपमा पराजित

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा आजदेखि ओपन क्रिकेट टुर्नामेन्ट शुरु भएको छ। उक्त ओपेन क्रिकेट टुर्नामेन्ट तीनधारे क्रिकेट एसोसिएशनको आयोजनामा भईरहेको छ। आज भएको उदघाटन खेल भानु टोल खरसाङ र डिस्को सेवोकमाझ सम्पन्न भएको छ। उक्त उदघाटन खेलमा भानु टोल खरसाङले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा १२१ रन बनाएको थियो। १२२ रनको लक्ष्यलाई खेदो गर्दै सेवोक डिस्कोले खेल एकतर्फी बनाउँदै ८ ओभरमा नै ७ विकेटले खेल जितेर दोस्रो चरणमा प्रवेस गरेको छ। डिसेको सेवोकको पक्षमा सुमित पाण्डेले १७ बलमा नै ५७ रन बनाएका थिए। उनलाई पहिलो खेलमा म्यान अफ् द म्याच चयन गरिएको छ। उनलाई अतिथि शुभम प्रधानको बाहुलीबाट ट्रफी प्रदान गरिएको छ। आजदेखि शुरु भएको ओपेन क्रिकेट टुर्नामेन्ट विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे क्रिकेट एसोसिएशनको पक्षबाट विकास दासले यसपाली तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा ओपेन क्रिकेट टुर्नामेन्ट शुरु भएको छ र यसमा पहाड़ मधेश सबैतिरको टिमले भाग लिएको बताएका छन्। उनले यसपालीको यस ओपेन क्रिकेट टुर्नामेन्टमा विजेता दललाई पचास हजार नगदराशिसहित आकर्षित ट्रफी अनि उप बिजेतालाई तीस हजार नगदराशिसहित ट्रफी प्रदान गरिने र यस ओपेन टुर्नामेन्टको फाइनल खेल आगामी १४ अप्रेलमा हुने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement