डुवर्स ओपन बक्सिङ च्याम्पियनशिपमा सिलगढीका ३ जनाले जित्यो स्वर्ण पदक

797b4360-a722-4afe-b2ff-edda9c31c569-1024x576.jpg

सिलगढी: बक्सिङ डेभलपमेन्ट फेडरेशन अफ इन्डियाद्वारा आयोजित डुवर्स ओपन बक्सिङ च्याम्पियनशिपमा ईशा राय चौधरी, आयुष कुमार हेला र रिया लिम्बुले स्वर्ण पदक जितेर सहरको नाम उच्च पारेको छ। प्राप्त जानकारी अनुसार गत २१ र २२ मार्चमा अलिपुरद्वार जिल्लाको कामाख्यागढी स्कुल ग्राउन्डमा डुवर्स ओपन बक्सिङ च्याम्पियनशिपको आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा देशका विभिन्न ठाउँबाट खेलाडीहरूले अंश ग्रहण गरेका थिए भने प्रतियोगितामा सिलगढी रामकृष्ण व्यायाम शिक्षा संघबाट मोठ ७ जना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। जसमा ईशा राय चौधरी, आयुष कुमार हेला र रिया लिम्बुले स्वर्ण पदक, मयङ्क हेला, दीक्षा दास र गौरव चौधरीले रजत पदक अनि सायन पालले काँस्य पदक जितेका छन्। यस सम्बन्धमा कोच सौरव मण्डलले भने, उक्त संघबाट पहिलोपल्ट बक्सिङ प्रतियोगितामा अंश ग्रहण गरेको हो। पहिलोपल्ट नै राम्रो परिणाम आएकोमा निक्कै खुसी छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement