भारत-बंगलादेश सीमाबाट बंगलादेशी सहित दुईजना समातिए

1000579021.jpg

जलपाईगुडी: भारत-बंगलादेश सीमामा तैनाथ उत्तर बंगाल फ्रण्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत सीमा सुरक्षा बल (बीएसएफ)- को १५औं बटालियनको बोर्डर आउट पोस्ट (बीओपी) कौटिल्यका सर्तक सीमा जवानहरूले एक बंगलादेशी नागरिक सहित दुईजना मानिसहरूलाई पक्राउ गरेका छन्।

पक्रा परेका बंगलादेशी नागरिकको नाम किशोर कुमार बसाक (२८) भने बंगलादेशी नागरिकसितै पक्रा परेका भारतीय दलालको नाम रमेश मल पहाडी (४५) हाे। उक्त आशयको जानकारी बीएसएफले आइतवार एक प्रेस विज्ञप्ति मार्फत दिएको छ।

जानकारी अनुसार दुवै आरोपीलाई बंगलादेशदेखि भारत तर्फ अवैध ढंगमा सीमा पार गर्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो। दुवै आरोपीलाई जफत गरिएका सामग्रीहरू सहित कोतवानी थानामा सुम्पिइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *