अनियन्त्रित कार लरीसित ठोक्किँदा तीनजनाको मृत्यु

accident.jpg

मालदाः: शनिवार अबेर राती मालदाको इंग्लिश बजार थाना अन्तर्गत जादुपुर एक नम्बर ग्राम पञ्चायतको बाइपास रोड क्षेत्रमा, एउटा द्रूत गतिको कार अनियन्त्रित भएर लरीको पछिल्लो भागसित ठोक्किर दुर्घटनाग्रस्त भयो। कारमा सवार तीनैजनाको मृत्यु भएको छ।

दुर्घटनाको समाचार पाएर उत्तर बंगाल विकास विभागकी राज्यमन्त्री सबिना यास्मीनले मालदह मेडिकल कलेजमा पुगेर मृतकका परिवारसित भेट गरिन् अनि घटनाको जायजा लिइन्। उनले घटनालाई लिएर जाँच गर्ने आदेश पनि दिइन्। प्रत्यक्षदर्शीहरूले बताए, गए शनिवार अबेर राती ग्यास ट्यांकर लरी सड़क किनारमा बिसाएको थियो। त्यैबेला पछिबाट आएको कार कुनै कारणले नियन्त्रण गुमाएपछि लरीको पछिल्लो भागसित ठोक्कियो। ठक्करको कारणले कारको अघिल्लो भाग कुच्चिएको छ।

पुलिस सूत्र अनुसार मृतकहरूको पहिचान लियाकत शेख (३४), एकराम शेख (६१) औ संजय मण्डल (३४)- को रूपमा भएको छ। यिनीहरू सबै नै मोथाबाड़ी थाना क्षेत्रका बासिन्दा हुन्। यिनीहरू राती कुनै काम विशेषले मोथाबाड़ीदेखि पुरानो मालदह तर्फ गइरहेका थिए। बाटोमा कारले नियन्त्रण गुमाएको कारणले यस्तो दुर्घटना भयो। पुलिसले भगौड़ा लरी चालकलाई खोजिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *